देश
काठमाडौं । दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
चन्द्रागिरि नगरपालिका–१२ स्थित सतुंगलमा सोमबार राति प्रदेश ३-०२-००६ प ९५३२ र बा-प्र ०२-०६१ प ३८३५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका सोही नगरपालिका–१० बस्ने २५ वर्षीय आयुष महर्जनको एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै, दुर्घटनमा घाइते भएका ३८३५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १, २०८२ ११:४८
प्रतिक्रिया दिनुहोस्