site stats
बाह्रखरी :: Baahrakhari
कला
प्रदीप खड्कालाई रास्वपामा आउन रविको आग्रह, के दिए जवाफ ?

काठमाडौं । अभिनेता प्रदीप खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेका छन् । मंगलबार नख्खु कारागार पुगेर खड्काले रविलाई भेटेका हुन् । 

रविले प्रदीपलाई रास्वपाबाट राजनीतिमा आउग आग्रह गरेका थिए । “उहाँ (रवि लामिछाने)ले तपाईं चुनौती स्वीकार गर्ने मान्छे हो, राजनीतिमा खुल्नुस् भन्नुभयो,” प्रदीपले भने, “तर, मैले अहिले तपाईंहरू हुनुहुन्छ, यो राजनीतिकलाई क्लिन गर्नुस् भने । भोलि परिआएको अवस्थामा आउँला तर अहिले आठ/दश वर्ष चलचित्रमा नै रहन्छु भनेँ ।” 

गोपिकृष्ण मुभीजको चलचित्र ‘रोज’ गर्दादेखि नै रविसँग चिनजान रहेको भन्दै प्रदीपले रविसँग ४५ मिनेट कुराकानी भएको बताए । नयाँ सरकार आएको तीन महिना बितिसके पनि अपेक्षित काम हुन नसकेको रविको गुनासो रहेको बताए । 

नागरिकहरू देशको अवस्था देखेर विदेश जान बाध्य भइरहेको भन्दै यो अवस्थाको अन्त्य गर्ने जिम्मेवारी पनि सरकार र राजनीतिक दलकै भएको प्रदीको भनाइ छ । 

आफू पनि के गलत र के सही छुट्याउन सक्ने व्यक्ति भएको भन्दै उपयुक्त समयमा सही निर्णय लिने प्रदीपको भनाइ छ । उनले नयाँ शक्तिहरूलाई मिलेर जान सुझाव दिए । 
 

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  ०६:१२
प्रतिक्रिया दिनुहोस्