site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिद्धार्थ बैंकको नयाँ एक्स्टेन्सन काउन्टर गेटा आँखा अस्पतालमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आइतबार गोदावरी नगरपालिका, कैलालीस्थित गेटा आँखा अस्पतालमा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले गोदावरी नगरपालिका, कैलाली क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पुर्‍याउने उद्देश्यका साथ उक्त एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको बताएको छ ।

उक्त एक्स्टेन्सन काउन्टर विस्तारपछि पाँच एक्सटेन्सन काउन्टरसहित सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल १९५ पुगेको छ ।

सजिलो बैंकिङ सेवा (शाखारहित बैंकिङ), एटीएम, पीओएस मेसिनका साथै निक्षेप तथाकर्जा सुविधा, घरमै बसेर बैंकको वेबसाइटमा रहेको ईजी बैंक पोर्टलमापर्फत बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने अनलाइन रहेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  २३:०४
प्रतिक्रिया दिनुहोस्