site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चार महिनामा नेपाली विदेश जाँदा देशबाट बाहिरियो पौने ७६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालीहरू विदेश जाँदा देशबाट ७५ अर्ब ७४ करोड रुपैयाँ विदेशिएको छ ।

२०८२ साउनदेखि कात्तिक मसान्तसम्मको अवधिमा सो रकम नेपालबाट बाहिरिएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको समयमा नेपालबाट विदेशिने रकम ११.८ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनामा नेपालीहरू विदेश जाँदा ६७ अर्ब ७५ करोड रुपैयाँ देशबाट बाहिरिएको थियो ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा विदेश अध्ययन गर्न जाने विद्यार्थीले मात्र नेपालबाट ४८ अर्ब २६ करोड रुपैयाँ विदेश लगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्ष यस्तो रकम ३७ अर्ब ७७ करोड रुपैयाँ थियो ।

राष्ट्र बैंकको विवरणअनुसार नेपाल घुम्न आउने पर्यटकले गर्ने खर्च चालु आर्थिक वर्षको पहिलो चार महिनामा ०.९ प्रतिशतले बृद्धि भई २७ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २६ अर्ब ९० करोड रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १८:१०
प्रतिक्रिया दिनुहोस्