site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गोदरेज वाशिङ मेसिनमा ४ वर्षे वारेन्टी

काठमाडौं । गोदरेज एप्लायन्सेजले बजारमा प्रिमियम फ्रन्ट–लोड वाशिङ मेसिनका लागि चार वर्षे समग्र वारेन्टी सुविधा औपचारिक रूपमा सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै लामो समयसम्मको निश्चिन्तता दिन यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

‘ओन्ली विथ गोदरेज’ नारासहित सुरु गरिएको यो चार वर्षे समग्र वारन्टी सुविधाले वाशिङ मेसिन श्रेणीमा गोदरेजलाई उपभोक्ता विश्वासको नयाँ मानकका रूपमा स्थापित गरेको छ । यस योजनाअन्तर्गत गोदरेजका वाशिङ मेसिनमा चार वर्षसम्म सम्पूर्ण मर्मत तथा पार्टपुर्जाको समग्र वारन्टी प्रदान गरिनुका साथै मोटरमा १० वर्षको अतिरिक्त वारन्टीसमेत उपलब्ध गराइएको छ। यसले उपभोक्तालाई दीर्घकालसम्म मर्मत तथा सेवासम्बन्धी चिन्ताबाट मुक्त बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

गोदरेजका वाशिङ मेसिनहरू कृत्रिम बुद्धिमत्ता आधारित टर्बिडिटी सेन्सिङ प्रविधिसहित डिजाइन गरिएका छन् । यस प्रविधिले धुने क्रममा पानीमा बाँकी रहेको डिटर्जेन्टको मात्रा पहिचान गरी आवश्यकताअनुसार रिन्सिङ प्रक्रिया स्वचालित रूपमा समायोजन गर्छ । कम्पनीका अनुसार यस प्रणालीले साधारण रिन्स प्रक्रियाको तुलनामा एक सय पचास प्रतिशतसम्म बढी प्रभावकारी रिन्सिङ क्षमता प्रदान गर्छ र ५० प्रतिशतसम्म बढी कडा डिटर्जेन्ट हटाउन सक्षम हुन्छ । यसले कपडालाई लामो समयसम्म सफा, नरम र सुरक्षित राख्न सहयोग पुर्‍याउँछ ।

गोदरेजका यी प्रिमियम वाशिङ मेसिनहरू ‘इओन रेगालिस’ सिरिजअन्तर्गत आठ केजी र नौ केजी क्षमतामा उपलब्ध छन् । म्याट कालो र रोज गोल्ड रङ विकल्पसहितका यी मेसिनहरू नेपालभर सीजी इलेक्ट्रोनिक्स मार्फत बिक्री वितरण भइरहेको कम्पनीले जनाएको छ। अत्याधुनिक प्रविधि, उच्च स्वच्छता स्तर र चार वर्षे समग्र वारन्टीको संयोजनमार्फत गोदरेजले नेपाली उपभोक्तालाई स्मार्ट प्रविधिसँग दीर्घकालीन भरोसा प्रदान गरेको छ ।

कम्पनीका अनुसार चार वर्षे समग्र वारन्टीसहितको यो विशेष योजना सीमित समयका लागि मात्र लागु हुनेछ ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्