काठमाडौं । सिद्धार्थ बैंक र द सोल्टी होटेल्स् एन्ड रिसोर्टबीच बैंककालाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार द सोल्टी काठमाडौं, सोल्टी वेस्टइन्ड प्रिमिएर नेपालगन्ज, सोल्टी वेस्टइन्ड इटहरी, सोल्टी वेस्टइन्ड रिसोर्ट चित्तवन, सोल्टी वेस्टइन्ड रिसोर्ट नगरकोट, सोल्टी वेस्टइन्ड लेकसाईड पोखरा, टाइगर प्यालेस बाइ सोल्टी भैरहवा, मिथिला यात्री निवास जनकपुर, अन्तर्राष्ट्रिय विमानस्थलस्थित होराइजन लाउन्ज र आन्तरिक विमानस्थलस्थित होराइजन क्याफेमा बैंकका ग्राहकहरूले बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ प्रयोगमा छुट मिल्नेछ ।
ग्राहकले भुक्तानी गर्दा १० प्रतिशत अथवा प्लेटिनम क्रेडिट कार्ड वा नारी डेबिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।