काठमाडौं । जीवन बीमा कम्पनीहरूमध्ये पहिलो पटक मर्जरको अभ्यास गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पूरा गरेको छ । एक वर्षको अवधिमा अझै विस्तारित शाखा सञ्जाल, परिस्कृत बिमा योजना र ग्राहकमैत्री सेवा पस्केर ऐतिहासिक सफलताको बाटोमा अगाडि बढ्ने प्रयास जारी रहेको सूर्यज्योति लाइफले जनाएको छ ।
मर्जरपछि चुक्ता पूँजी चार अर्ब ५४ करोड रुपैयाँ पुर्याएको कम्पनीले संयुक्त कारोबार सुरु गरेको एक वर्षको अवधिमा सूर्यज्योतिको जीवन बिमा कोष झण्डै ८ अर्ब रुपैयाँले बढेर ३० अर्ब रुपैयाँ पुगेको छ । कम्पनीको कूल लगानी करिब ३५ अर्ब रुपैयाँ छ ।
कम्पनीले मंसिर मसान्तसम्ममा आफ्नो नेटवर्थ ७ अर्ब ४० करोड रुपैयाँ कायम गरेको छ ।
चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा सूर्यज्योति लाइफले कूल ५२ करोड रुपैयाँ बिमा दाबी भुक्तानी गरेको छ ।
देशभर रहेका १७६ शाखा सञ्जाल र अभिकर्तामार्फत आफ्ना बिमितहरूलाई सेवा प्रदान गर्दै कम्पनीले करिव २३ लाख जीवन बिमालेख बिक्री गरिसकेको छ । जनशक्तिका हिसाबले यो कम्पनी सबैभन्दा ठूलो रोजगारदाता जीवन बिमकका रूपमा समेत उभिएको छ । कम्पनीमा हाल ५७९ कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् भने देशैभर करिव ९४ हजार अभिकर्ता सूर्यज्योति लाइफमा आबद्ध छन् ।