site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
साशा इन्जिनियरिङले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल

काठमाडौं । साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको पुँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

धितोपत्र निष्कासनसम्बन्धी सम्झौतापत्रमा साशा इन्जिनियरिङको तर्फबाट अध्यक्ष पवित्र कुमार कार्की र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरे ।

सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले दोलखा जिल्लामा अवस्थित खानी खोलाको पानी प्रयोग गरेर ३० मेगावाट क्षमताको खानी खोला (दोलखा) जलविद्युत् आयोजनाको सर्वेक्षणका लागि विद्युत् ऐन, २०४९ बमोजिम विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको छ । उक्त आयोजनाबाट उत्पादन हुने विद्युत् शक्ति खरिद बिक्री गर्नका लागि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौतासमेत गरिसकेको छ । हालसम्म उक्त आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १९:२८
प्रतिक्रिया दिनुहोस्