site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्था सच्चिन्छ : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बजेटमा आएको ‘टेक एन्ड पे’ शब्द ‘टाइप मिस्टेक’ भएको बताएका छन् । ऊर्जा मन्त्रालयमा बंगलादेश विद्युत् बिक्रीको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खड्काले बजेट आएको १७ दिनपछि ‘टाइप मिस्टेक’ भएको बताएका हुन् ।

“२८ हजार ५०० कार्यान्वयनको लागि ‘टेक एन्ड पे’ सम्भव छैन । हामीहरूले पुनः निर्णय गरेर पठाएका छौँ,” उनले भने, “त्यो कुनै योजनाबद्ध तरिकाबाट नआइकन भुलबस लेख्ने क्रममा तलमाथि हुन गएको भन्ने बुझाइ हाम्रो पनि रह्यो ।”

बजेटमा आएको ‘टेक एन्ड पे’ विषयमा अर्थमन्त्री विष्णु पौडेलसँग कुरा भएर प्रक्रियामा अघि बढेको खड्काको दाबी छ ।

“उहाँ (अर्थमन्त्री) कन्भिन्स भएर यो पर्न गएछ त्यसलाई हटाउने भनेर प्राधिकरणबाट मन्त्रालय हुँदै पठाएका छौँ,” उनले भने, “अर्थमन्त्रीको छुट्टै विचार, हाम्रो छुट्टै विचार भन्ने होइन । कुनै कारणवश आएको हो । संशोधन हुन्छ ।  

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्