कला
काठमाडौं । क्याप्टेन रामेश्वर थापाको बायोपिक बन्ने भएको छ । क्याप्टेन थापाको बायोपिक दीपेन्द्र के खनालले निर्देशन गर्ने भएका छन् ।
‘क्याप्टेन साब’को आज शुभमुहूर्त गरिएको छ । ‘क्याप्टेन साब’ भदौको पहिलो साताबाट काठमाडौं, चितवन र काभ्रेका विभिन्न स्थानमा छायांकन हुनेछ ।
थापा सञ्चार उद्यमी पनि हुन् । चलचित्रमा खगेन्द्र लामिछाने र सुरक्षा पन्त मुख्य भूमिकामा छन् ।
चलचित्रको निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित रहेकी छन् ।
प्रकाशित मिति: बिहीबार, असार २६, २०८२ १०:४८
प्रतिक्रिया दिनुहोस्