site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कांग्रेस सांसद बजगाईंले साढे १२ करोडको एनआरएनलाई बेचे वर्णबास म्युजियम होटेलको सेयर

काठमाडौं । वर्णबास म्युजियम होटेल लिमिटेडको सेयर एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले खरिद गरेको छ । एनआरएनले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई वर्णबास म्युजियम होटेलको १० लाख कित्ता संस्थापक सेयर खरिद गरेको जानकारी गराएको छ ।

प्रतिसेयर २५ रुपैयाँ प्रिमियम थप गरेर १२५ मा किनिएको एनआरएनले जनाएको छ । साढे १२ करोड रुपैयाँ लगानी गरेर एनआरएन वर्णबास म्युजियम होटेलमा प्रवेश गरेको हो ।

सेयर खरिद–बिक्रीसम्बन्धी सम्झौतापत्रमा आइतबार (असार २९) हस्ताक्षर गरिएको हो । सम्झौताअनुसार एनआरएनले वर्णबासको ९.०९ प्रतिशत संस्थापक सेयर खरिद गरेको छ । 

iadsfmg-1752473734.jpg
होटेलको सेयर खरिद–बिक्री सम्झौता गरिएको छ । सम्झौतापत्रमा होटेलका तर्फबाट अध्यक्ष राजेन्द्र बजगाईं र एनआरएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमन्त बस्यालले हस्ताक्षर गरेका छन् ।

बजगाईं नेपाली कांग्रेसका तर्फबाट गोरखा–१ बाट निर्वाचित सांसद हुन् । एनआरएन पूर्वाधारलगायत अरू क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीले स्थापना गरेको कम्पनी हो ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १७:४८
प्रतिक्रिया दिनुहोस्