अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा मंगलबार (असार ३१) सुनको मूल्य स्थिर छ । यस दिन सुन सोमबार (असार ३०)कै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ३०० रुपैयाँ कायम छ । सोमबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार २७५ रुपैयाँमा किनबेच भइरहेको महाशाखाले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२ ११:१५
प्रतिक्रिया दिनुहोस्