site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सेवन्तक पोखरेलले लिए बिमा प्राधिकरण अध्यक्षको शपथ

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बिमा प्राधिकरणको अध्यक्षको शपथ लिएका छन् । मंगलबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसमक्ष पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरण सञ्चालक समितिको अध्यक्ष तोक्ने निर्णय गरेको थियो ।

प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझामाथि उजुरी परेपछि सरकारले बिमा ऐन, २०७९ को दफा १२ को उपदफा २ अनुसार छानबिन समिति गठन गरेको छ । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा गठित तीन सदस्यीय समितिमा जीवनप्रकाश सिटौला र कपिलदेव ओली सदस्य छन् ।

छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वत: निलम्बनमा परेका छन् ।

यसैबीच, छानबिन समितिका अध्यक्ष गिरी र सदस्यद्वय सिटौला र ओलीले आजै औपचारिकरूपमा जिम्मेवारी सम्हाल्ने पत्र बुझेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्