काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई होपफुल हराईजन नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी सेवाहरूमा छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ । सम्झौताअनुसार, छुट प्राप्त गर्न ललितपुरको झम्सिखेलस्थित होपफुल हराईजनमा बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक पेस गर्नुपर्ने हुन्छ ।
एक समारोहबीच होपफुल हराईजन नेपालका तर्पmबाट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्पmबाट प्रमुख मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
होपफुल हराईजन नेपाल एक दक्ष एवं अनुभवी विषेशज्ञहरूको टोलीद्वारा निजी क्षेत्रबाट सञ्चालित मानसिक स्वास्थ सेवा प्रदायक संस्था हो । यस संस्थाले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थ्यसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको छ ।
प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालय, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रवाह गर्दै आएको छ ।