काठमाडौं । नेपालमा सबैभन्दा बढी सवारी साधन बिक्री हुने मौसम हो साउनदेखि कात्तिक । दसैं, तिहार तथा छठ जस्ता ठूला पर्वको छेको पारेर सवारी साधन खरिद गर्ने नेपालीको संख्या धेरै छ ।
प्रत्येक वर्ष यसै सिजनमा सयौं गाडीहरु खरिद बिक्री हुने गर्छन् । यसै समयमा सवारी साधन खरिद गर्ने जमातलाई आकर्षित गर्न व्यवसायीहरु दसैं अगाडि अटो एक्स्पो तथा विभिन्न आकर्षक योजना ल्याउने गरेका छन् ।
अघिल्ला वर्षहरुमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल अटो सो गर्दै आएको थियो । अर्थात् अघिल्ला वर्षहरुमा भदौतिर अटो एक्स्पो हुने गरेको थियो । यसवर्ष एक्स्पो दुईवटा हुन लागेका छन् । अघिल्लो वर्षसम्म एकल रहेको संस्था टुक्रिएपछि एक्स्पो पनि दुईवटा हुनेछन ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्क्चरर्स एसोसिएसन (नाइमा) स्थापनाले यसै सिजनमा दुईवटा एक्स्पोको सुरुवात हुनेछ ।
संस्था स्थापना भएपछि नाइमाले पनि यसवर्ष पहिलोपटक अटो सो आयोजना गर्दै छ । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ नाममा अटो सो आयोजना गर्दै छ । दुई संस्थाबीच कसले कुन ब्रान्ड कता राख्ने खोसाखोस चलिरहेको देखिन्छ ।
नाइमाले साउन २१ देखि २५ सम्म भृकुटीमण्डपमा अटो सो आयोजना तयारी गरेको छ । नाडाले भदौ ३ देखि ८ सम्म अटो सो को तयारी गरेको छ ।
दसैंमा नयाँ सवारी किन्न तयार रहेकालाई कुन एक्स्पो कुर्ने ? नाइमा र नाडामा के कस्ता ब्रान्ड सहभागी हुँदैछन । आउनुस् हेरौं ।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ नाइमाले गर्न लागेको पहिलो अटो शो हो । नाइमा पहिलो संस्करण नाडाभन्दा अघि अर्थात् साउन २१ देखि २५ सम्म हुनेछ । उसो त नाइमाको पहिलो संस्करणमा दुई पांग्रे नाडामा भन्दै धेरै ब्रान्डको सहभागिता देखिन्छ ।
दुई पांग्रे (टू ह्विलर) ब्रान्डहरूमा एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा २ ह्विलर, एनआईयू, रिभोल्ट, रोयल एनफिल्ड, सेगवे–नाइनबोट, सुजुकी, टीभीएस, अल्ट्राभायोलेट, याडेया रहेका छन् ।
चार पांग्रे (फोर ह्विलर) ब्रान्डहरूमा बीवाईडी, सिट्रोएन, फोर्थिङ, ग्रेट वाल मोटर्स, हेन्री भोल्ट्स, हुन्डाई, काईयी, किया, लिप मोटर, एलएस अटो, महिन्द्रा पीभी, म्याक्सस, एमजी, मित्सुबिशी, निसान, ओमोडा एण्ड जेइको, प्युजो, प्रोटन, रेनोल्ट, टोयोटा, भोक्सवागन, जीकर रहेका छन् ।
यस्तै व्यावसायिक (कमर्सियल) गाडी ब्रान्डहरूमा चेरी वान्डा, डोङफेङ, फरिजोन, कामा, क्यारी, सनलङ, स्काइवर्थ, केयटन रहेको छन् ।
‘नाडा अटो सो २०२५’
प्रत्येक वर्षको भदौ महिनामा अटो सो गर्दै आएको नाडाले यसवर्ष पनि निरन्तरता दिएको छ । भदौ ३ देखि ८ सम्म भृकुटी मण्डपमा आयोजना हुने ‘नाडा अटो सो २०२५’ मा ४० बढी स्टल हुनेछन् ।
नाडा अटो सोमा चार पांग्रे (फोर ह्विलर) ब्रान्डहरूमा डीपल, अवटार, डोङफेङ नामी, सेरेस, टाटा, सुजुकी, टेस्ला, एआईओन, एक्सपेंग, रिडडारा, स्काई वेल, बीवाईडी, फोटोन, बाउ ब्रम्बी, जेवाई एयर, ब्लाभाल, एलएस अटो, जिनपेंग गरी १८ वटा स्टल रहेका छन् ।
दुई पांग्रे (टू ह्विलर) ब्रान्डहरूमा हिरो, रोयल इनफिल्ड, जोन्सन, यामाहा गरी चार स्टल छन् ।
लाइट कमर्शियल भेइकल्स (व्यावसायिक गाडी) ब्रान्डहरूमा न्यू गोनो, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सीजी केवाईसी/किङलङ, मोन्ट्रा, स्काइवर्थ, काईनियु, कावेई/नावेको, सनलङ गरी १३ वटा स्टल रहेको छ ।
अटो कम्पोनेन्ट्स (पुर्जा र सहायक उपकरण) ब्रान्डहरूमा एशियन, गल्फ, डकहाम्स, एटीएस ईएलजीआई/ ईएलजीआई, माफ्रा, म्याक्सशाइन, वेभेक्स/ कुरुमा, मास्सिमो नेपाल, मिचेलिन, लिक्वी मोलि, एसटीसी राइड/एनर्जी, सीइएटी टायर, जेके/गुड टायर, स्पाइसर, भल्कन, आईटीआर/एटीएफ/ यूएसबी/ होबे, सीवाईजी, केपीआई र कोहिनूर, म्यानाटेक, इलेक्ट्रिक भेइकल चार्जर, टाटा ग्रीन, टोटल एनर्जिज, स्टड्स/ एसएमके, माइक्रोबिज, होराइजन एफसीटी, म्याक, पीएलओ लगायत ४० बढी स्टल रहेको नाडाले जनाएको छ ।
दुईवटा प्रतिस्पर्धी संस्था र एकै प्रकारको एक्स्पो त्यो पनि करिब १५ दिनको फरकमा यसमा कसले कति गाडी बिक्री गर्छन् त्यो हेर्न बाँकी छ । यस्तो एक्स्पोेले ग्राहकलाई भने फाइदा नै पुग्ने देखिएको छ ।