अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा सुनचाँदीकै मूल्य मूल्य बढेर कारोबार भएको छ । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।
सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर दुई हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०८२ ११:४३
प्रतिक्रिया दिनुहोस्