काठमाडौं । धितोपत्र दोस्रो बजारमा ११ महिनायताकै उच्च मूल्यको सेयर कारोबार भएको छ । आज २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
यसअघि, ०८१ भदौ २ गते २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । त्यसयता कारोबार रकम कम हुँदै आएर पाँच अर्बसम्म झरेको थियो ।
हालसम्मको सर्वाधिक मूल्यको सेयर कारोबार गत वर्ष साउन ३१ गते भएको थियो । यो दिन २९ अर्ब ९५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से परिसूचक ०.३२ अंकले बढेर २,८७०.९५ विन्दुमा बन्द भएको हो
आज एक लाख ७८ हजार १७६ पटकमा पाँच करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा १०५ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १४४ कम्पनीको सेयरमूल्य घटेको छ । पाँच कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेप्सेका अनुसार, ९ प्रतिशतभन्दा बढी सेयरमूल्य बढ्नेमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, सान्भी इनर्जी, ट्रेड टावर, शिवश्री हाइड्रोपावर र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी छन् ।
कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।