site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
औद्योगिक क्षेत्रमा ‘ट्रिपिङ’ समस्या समाधान गर्न जोड

विराटनगर । सुनसरी–मोरङका उद्योग क्षेत्रमा विद्युत् व्यवस्थापनका निम्ति ‘ट्रिपिङ’को समस्या समाधान गरिनुपर्ने निष्कर्ष निकालिएको छ । इन्टर डिसिप्लिनरी एनालिष्ट (आईडीए)ले उद्योग/व्यवसायले खपत गर्ने ऊर्जा, सिर्जना हुने समस्यालगायत विषयमा सार्वजनिक गरेको पूर्ण प्रतिवेदनमा यस्तो निष्कर्ष उल्लेख छ ।

ट्रिपिङ, लो भोल्टेज, फल्क्च्युएसनलगायत ऊर्जासँग सम्बन्धित विषयमा देशका अरू स्थानसहित सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग/व्यवसायमा समेत गत वर्ष असोजमा सर्वेक्षण गरिएको थियो ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले सर्वेक्षणको तथ्यांकले आउँदो दिनमा ऊर्जाका विषयमा बहस र पैरवीमा सहयोग पुग्ने बताए ।

आईडीएका कार्यकारी निर्देशक डा. सुधीन्द्र शर्माले ठूला, मझौला, साना, कुटिर र परम्परागत सीपबाट सञ्चालित उद्योग/व्यवसायमा सर्वेक्षण गरिएको जानकारी गराए ।

उनले सर्वेक्षणका क्रममा उद्योगले प्रयोग गर्ने इन्धन, लोडसेडिङ र ट्रिपिङको वास्तविक अवस्था र प्राप्त ऊर्जाको गुणस्तरजस्ता विषयलाई ध्यानमा राखिएको बताए ।

ऊर्जा दक्षता अभिवृद्धिका निम्ति गर्नुपर्ने सुधार, यसको खपत न्यूनीकरणका उपायलाई केन्द्रमा राखेर गरिएको सर्वेक्षण प्रतिवेदनबाट आउँदो दिनमा सुधारका योजना बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १३:१७
प्रतिक्रिया दिनुहोस्