काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्राविधिक कारण देखाएर तथ्यांक सच्याएको छ । सोमबार बजार बन्द हुँदा परिसूचक दुई अंकले घटेर बन्द भएको थियो ।
तर, प्राविधिक कारणले तथ्यांकमा तलमाथि भएको भन्दै तीन घण्टापछि सच्याएर परिसूचक ७.१० अंकले बढेको देखाइएको छ । परिसूचक २९७१.३१ विन्दुमा बन्द भएको छ ।
यसरी छिन छिनमा तथ्यांकमा परिवर्तन आउनुलाई नेप्सेले प्राविधिक गडबडी भनेको छ । "नेप्सेको कारोबार प्रणालीमा कारोबार समयपश्चात परिसूचकको भारित औसत गणना गर्ने क्रममा प्राविधिक कारणले फरक अंक देखिएकोमा उक्त समस्या समाधान गरिएको व्यहोरा अनुरोध गर्दछौँ । यसबाट सम्पूर्ण सरोकारवालामा पर्न गएको असुविधाको लागि क्षमा प्रार्थी छौँ," एक सूचना जारी गर्दै नेप्सेले भनेको छ ।