अर्थ व्यवसाय
काठमाडौं । जापानमा नेपाली संगीतको महोत्सव हुने भएको छ । आगामी अगस्टमा टोकियो, ओसाका, फुकुओका र नागोयामा ‘नेपाल म्युजिक फेस्ट, २०२५’ हुने भएको हो ।
‘नेपाली संगीतलाई विश्वसँग जोड्ने’ उद्देश्यसहित फेस्टिभल आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
फेस्टिभलमा नेपालको लोकप्रिय संगीत समूह ‘द एज र कबवेब’ले विशेष प्रस्तुति दिनेछ ।
महोत्सव अगस्ट ३ मा टोकियोको बेल साले टाकाडानोबाबाबाट सुरु हुनेछ । कार्यक्रमको टिकट मेरोटिकटमार्फत अनलाइन उपलब्ध हुनेछ ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२ ११:३१
प्रतिक्रिया दिनुहोस्