site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य तोलामा ८०० ले घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार (साउन १५) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँ कायम छ । बुधबार (साउन १४) छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि एकैदिन तोलामा ४० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार २७० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  ११:१५
प्रतिक्रिया दिनुहोस्