काठमाडौं । सामसङले नेपालमा औपचारिक रूपमा आफ्नो नयाँ पुस्ताको स्मार्टवाच ‘ग्यालेक्सी वाच–८ सिरिज’ सार्वजनिक गरेको छ । आरामदायी डिजाइन, अत्याधुनिक स्वास्थ्य ट्र्याकिङ प्रविधि र स्मार्ट कनेक्टिभिटीको संयोजनका साथ आएको छ । यो नयाँ सिरिज दैनिक जीवनमा स्वास्थ्य तथा फिटनेसमा ध्यान दिने प्रयोगकर्ताका लागि विशेष रूपमा डिजाइन गरिएको छ ।
ग्यालेक्सी वाच–८ मा पहिलेभन्दा पातलो डिजाइन, अझ चम्किलो डिस्प्ले र अझै उन्नत ‘बायोएक्टिभ सेन्सर’ दिइएको छ । जसले स्वास्थ्य सम्बन्धी जानकारीलाई अझ शुद्धतापूर्वक ट्र्याक गर्छ । यसमा दिइएको ‘बेडटाइम गाइडन्स’ फिचरले प्रयोगकर्ताको सर्काडियन रिदमको विश्लेषण गरेर सबैभन्दा उपयुक्त सुत्ने समय सिफारिस गर्ने कम्पनीको दाबी छ ।
‘जेमिनी एआई’को कारण प्रयोगकर्ताले हात नचलाइकनै प्राकृतिक आवाज आदेशमार्फत आफ्नो वाच नियन्त्रण गर्न, वर्कआउट व्यवस्थापन गर्न, सन्देश पठाउन वा सामसङ हेल्थ लगायतका एप्सबाट अपडेट लिन सक्नेछन् ।
ग्यालेक्सी वाच–८ सिरिजलाई अझ परिष्कृत र एर्गोनोमिक डिजाइनमा ल्याइएको छ । यसमा पातलो, हल्का र अझै आरामदायी संरचना दिइएको छ ।
ग्यालेक्सी वाच–८ क्लासिक (४६ मिमि) सेतो रंगको मूल्य ७४ हजार ९९९ रुपैयाँ रहेको छ । (४० मिमि)को मूल्य ५४ हजार ९९९ र ग्यालेक्सी वाच–८ (४४ मिमि) ग्राफाइट वा सिल्भर रंग, मूल्य ५९ हजार ९९९ रहेको कम्पनीले जनाएको छ ।