site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पियोर इनर्जीको खुदनाफा तीन करोड १९ लाख, भदौ २४ मा साधारणसभा

काठमाडौं । पियोर इनर्जी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित विवरण अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले तीन करोड १९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी एक करोड ७५ लाख खुद घाटामा थियो ।

यस अवधिमा कम्पनीको विद्युत् बिक्रीको आम्दानी १९.२३ प्रतिशतले बढेर २५ करोड ९२ लाख पुगेको छ । कम्पनीले १ करोड ५१ लाखको अन्य आम्दानी पनि गरेको छ । विद्युत् बिक्रीको आम्दानी बढेकोको कारण कम्पनीको  नाफामा गएको देखिन्छ ।

हालै आईपीओ निष्कासन गरेपछि कम्पनीको चुक्तापुँजी ८० करोड पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४.७० रुपियाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १००.४८ रुपैयाँ रहेको छ ।

पियोर इनर्जी गोल्यान ग्रुपअन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुईवटा सोलार आयोजना सञ्चालन गरिरहेको छ । दुवै आयोजनाले २०८० सालदेखि नै व्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो ।

कम्पनीले भदौ २४ गते साधारणसभा आह्वान गरेको छ ।


 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्