site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रभु बैंक र जोय स्टोरबीच आइफोन र म्याकबुकमा छुट दिने सम्झौता

काठमाडौं । प्रभु बैंकका कर्मचारी र ग्राहकलाई जोय स्टोरले विशेष छुट दिने भएको छ । प्रभु बैंक र जोय स्टोरबीच छुटसम्बन्धी सम्झौता गरिएको हो ।

स्टोर काठमाडौं महानगरपालिका–२२, न्युरोडमा छ । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी र ग्राहकले आइफोनमा ५, म्याकबुक र आइफोन र म्याकबुकको एसेसरिजमा २० प्रतिशत छुट पाउनेछन् । क्रेडिट कार्ड होल्डरले इन्ट्रापे स्किमबाट किस्ताबन्दी सुविधा पनि पाउनेछन् ।

उक्त छुट सुविधा जोय स्टोरमा प्राप्त गर्न  सकिनेछ । सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरुदत्त शर्मा र प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रभु बैंक ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित भइसकेको छ । बैंकले नेपालभर ३१२ शाखा, २८६ एटीएमका साथै ६८ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंक ‘फिनाकल इन्फोसिस इनोभेसन गोल्ड २०२४’ अवार्डबाट पनि सम्मानित भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्