काठमाडौं । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै आउने चाडपर्वलक्षित विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले केवल ७.१३ प्रतिशत आकर्षक ब्याजदरमा सवारीसाधन कर्जा उपभोग गरी व्यक्तिगत साधन किन्न सक्नेछन् ।
बैंकले यो योजना सीमित अवधिका निम्ति मात्र ल्याइएको जनाएको छ । अटो लोनका निम्ति आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको बैंकले जानकारी दिएको छ ।
इलेक्ट्रिक सवारीसाधन किन्न चाहने ग्राहकका निम्ति बैंकको अफर राम्रो अवसर हुनेछ ।
एनएमबिले यो अफरमार्फत वातावरणमैत्री सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो तथा हरित भविष्य निर्माणतर्फ सहयोग गर्ने लक्ष्य लिएको छ । “बैंकको यो प्रयास दिगो विकासमा टेवा पुर्याउने र ग्राहकलाई केन्द्रमा राखेर सेवाहरू उपलब्ध गराउने प्रतिबद्धताको एउटा उदाहरण हो,” बैंकले भनेको छ ।
यो अफरबारे थप जानकारी बैंकको नजिकको शाखा वा नाडा अटो शोमा रहेको स्टल नं ई २४ मा बैंकका तर्फबाट उपस्थित हुने प्रतिनिधिमार्फत लिन सकिनेछ ।
बैंकले हाल देशभरि २०२ शाखा, १८७ एटीएम र नौ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।