site stats
बाह्रखरी :: Baahrakhari
कला
‘आचार्य’को छायांकनका लागि निखिल भारततर्फ

काठमाडौं । अभिनेता तथा निर्देशक निखिल उप्रेती चलचित्र ‘आचार्य’को छायांकनका लागि भारत प्रस्थान गरेका छन् । मंगलबार निखिलसहितको निर्माण टिम काठमाडौंबाट पश्चिम बंगाल प्रस्थान गरेको हो ।

निखिलसँगै निर्मात्री तथा अभिनेत्री सञ्चिता लुइँटेल, अभिनेत्री पूर्णिका सिजापति, छायांकार मनु बिके, कलाकारसमेत रहेका मुख्य सहायक निर्देशक सयनम अधिकारीलगायत छन् । 

भदौ ६ बाट ‘आचार्य’को छायांकन भारतको डुअर्सबाट सुरु हुने निर्माणपक्षले जनाएको छ ।

डुअर्सबाट पहिलो चरणको छायांकन सुरु हुनेछ । पहिलो चरणमै बाग्डोरा, सिलिगुडी र ठाकुरगञ्जमा पनि छायांकन हुनेछ । दोस्रो चरणमा मुम्बई, नासिक र झारखण्ड तथा तेस्रो चरणमा नेपनलमा छायांकन हुने निखिलले बताएका छन् । 

‘आचार्य’मा निखिल नै प्रमुख अभिनेता रहनेछन् भने अन्य कलाकारमा पूर्णिका सिजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारी लगायत छन् । बलिउड र दक्षिण भारतीय चलचित्रहरूमा काम गरिसकेका केही चर्चित कलाकारहरूको समेत अभिनय रहने बताइएको छ । 

निखिलले ‘आचार्य’लाई विश्वस्तरीय एक्सन सिनेमा हुने बताएका छन् ।  
 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्