site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वैकल्पिक विकास वित्त परिचालन विधेयक अर्थ समितिबाट पारित

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाको अर्थ समितिबाट पारित गरिएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकलाई सर्वसम्मत रूपमा पारित गरेको हो । समिति सभापति सन्तोष चालिसेले विधेयकको प्रतिवेदन छिट्टै संसद्‌मा प्रस्तुत गरिने बताए । 

सरकारले राष्ट्रिय प्राथमिकताका आयोजनामा स्रोत जुटाउन र सार्वजनिक पूर्वाधारमा विद्यमान लगानीको खाडल पूर्ति गर्ने प्रयोजनले विधेयक ल्याएको हो । 

बैठकमा बोल्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक पास भइसकेपछि मुलुकको खर्च गर्ने क्षमताअनुसार पर्याप्त स्रोत जुटाउन सकिने विश्वास व्यक्त गरे । विधेयक पास भइसकेपछि बजेटको अभावमा योजना कटौती गर्नुपर्ने विद्यमान समस्यामो समेत हल गर्ने विश्वास व्यक्त गर्दै यस विधेयकलाई छिटो संसद्‌मा प्रस्तुत गर्न समेत आग्रह गरे । 

विधेयकले विकासको गतिलाई तीव्रता दिन, विदेशी लगानी आकर्षण र पुँजी परिचालन गर्न प्रेरित गर्ने विश्वास समेत व्यक्त गरे ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १९:४५
प्रतिक्रिया दिनुहोस्