site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नाडा अटो शोमा सेरेसको विशेष ३एक्स अफर सार्वजनिक

काठमाडौं । नाडा अटो शो २०२५ लाई अझ आकर्षक बनाउन सेरेसले विशेष ३एक्स अफर सार्वजनिक गरेको छ । प्रदर्शनी अवधिभर लागु हुने यो अफरले ग्राहकलाई बढी मूल्य र निश्चितता दिने उद्देश्य राखेको कम्पनीले जनाएको छ । अफरमार्फत सेरेसको स्वामित्व अझ सजिलो र लाभदायी हुने विश्वास लिइएको छ ।

विशेष ३एक्स अफरमा तीन प्रमुख फाइदाहरू समेटिएका छन् । पहिलो, तीन वर्षसम्मको सम्पूर्ण बिमा कभरेज, जसले झन्झटरहित स्वामित्व सुनिश्चित गर्छ । 

दोस्रो, खरिदमा तीन गुणासम्मको नगद छुट, जसले गाडीलाई अझ किफायती बनाउँछ । तेस्रो, बुकिङ रकमलाई तीन गुणा बराबरको फाइदा, जसले खरिद प्रक्रियामा थप लाभ दिने कम्पनीले जनाएको छ । यसमार्फत ग्राहकले अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन् ।

यो अफर नाडा अटो शोका लागि मात्र मान्य हुने भएकाले अटोमोबाइलप्रेमीका लागि सेरेस ब्रान्डका आकर्षक गाडी नजिकैबाट अवलोकन गर्ने विशेष अवसर हुने कम्पनीको भनाइ छ । 

प्रदर्शनीमा सेरेस एसयूभी ‘सेरेस ३’ प्रस्तुत गरिएको छ, जसमा आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र वातावरणमैत्री प्रदर्शनलाई प्राथमिकता दिइएको छ । कम्पनीका अनुसार, सेरेस ३ आजका चालकका लागि तयार गरिएको भए पनि भविष्यको मोबिलिटीको प्रतीकका रूपमा पनि प्रस्तुत गरिएको छ ।

सेरेसले यसअघि ४,६६० मिटर उचाइमा अवस्थित लोमान्थाङसम्म पुगेर इतिहास रचेको थियो । कोरालापास हुँदै सम्पन्न यो कठिन यात्रालाई सफलतापूर्वक पार गर्ने सेरेस नेपालकै पहिलो ईभी भएको कम्पनीले जनाएको छ । यस उपलब्धिले सेरेस वास्तवमै नेपालका भौगोलिक कठिनाइका लागि बनेको हो भन्ने पुष्टि गरेको कम्पनीको दाबी छ ।

नाडा अटो शो २०२५ मा सेरेसको स्टलमा आगन्तुकहरूले सेरेस ३ प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । कम्पनीले सीमित अवधिका लागि मात्र उपलब्ध विशेष अफरमार्फत अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सकिने भएकाले यो अवसर गुमाउन नहुने जनाएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १८:२२
प्रतिक्रिया दिनुहोस्