काठमाडौं । सवारीप्रेमीको मेला नाडा अटो शो २०२५ मंगलबारदेखि सुरु भयो । दोस्रो दिनसम्म आइपुग्दा नाडामा अवलोकनकर्ताको उल्लेख्य सहभागिता छ ।
विशेषगरी नयाँ आएका सवारी र नाम चालेका सवारीमा अवलोकनकर्ताको भीड छ ।
नाडाको अवसरमा ग्राहक आर्कषित गर्न मूल्यमा उच्च छुटदेखि बैंककसम्म घुमाउने योजना सवारी व्यवसायीको छ ।
एमएडब्लू वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ (फ्लाइङ ट्याक्सी) लाई सार्वजनिक गरेसँगै अवलोकनकर्ताको भीड छ ।
उसो त फ्लाइङ ट्याक्सीसँग एमएड्ब्लू वृद्धि अटोकर्पले आठ इलेक्ट्रिक सवारी प्रदर्शनीमा रोखेको छ ।
नेपालमा दिपल र चांगानको आधिकारिक बिक्रेता एमएडब्लूले २३ लाख मूल्यपर्ने सवारीदेखि एक करोड ४ लाखसम्म पर्ने सवारी नाडामा बिक्रीका लागि राखेको छ ।
एमएडब्लु वृद्धिले मंगलबार मात्रै चांगानको नयाँ इलेक्ट्रिक ह्याचब्याक लुमिन सार्वजनिक गरेको थियो । जसको मुल्य २२ लाख ९९ हजार छ ।
नाडा अटो शोमा मंगलबार लुमिनलाई एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, निर्देशकहरू तुलिका अग्रवाल, हर्षिता अग्रवाल, रुपाली सराग्वी र प्रमुख कार्यकारी अधिकृत रुपेश शर्मा भट्टले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।
नाडा अटो शो २०२५ मा एमएड्ब्लू वृद्धि अटोकर्पले लुमिनसँगै अन्य उच्च लक्जरी ईभी सवारी प्रदर्शनीमा राखेको छ ।
ई–०७ (आरड्ब्लुडी)
एमएड्ब्लू वृद्धि अटोकर्पले आफ्नो स्टलमा राखेको ई–०७ (रियर ह्वील ड्राइभ–आरड्ब्लुडी) सबैभन्दा महंगो गाडी हो । यसको मूल्य एक करोड ३ लाख ९९ हजार राखिएको छ । कम्पनीका अनुसार यो मूल्य नाडाको लागिमात्रै हो ।
डिपल ई ०७ ‘रियरह्विल ड्राइभ’ र ‘अलह्विल ड्राइभ’ सार्वजनिक भएको थियो। तर, नाडामा ‘रियर ह्वील ड्राइभ भेरियन्ट’मात्रै राखिएको छ । यसमा १९० किलोवाटको मोटर छ जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्नेछ ।
ई–०७ मा ‘गोल्डेन बेल जार सीटीभी इन्टिग्रेटेड ब्याट्री’ प्रयोग गरिएको कम्पनीले जनाएको छ । उक्त प्रविधिका कारण अत्यन्त चिसोमा पनि राम्रो ‘पर्फर्मेन्स’ दिन्छ । नाडा अटो शो २०२५ मा उक्त सवारीमा अवलोकनकर्ताको भीड छ ।
एल–०७
एमएड्ब्लू वृद्धि अटोकर्पले प्रदर्शनीमा राखेको अर्को सवारी एल–०७ हो । यसको मूल्य नाडा अफरको लागि ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । चलिरहेको नाडामा एल०७ मा अवलोकनकर्ताको अर्को आर्कषणको सवारी बनेको छ ।
भित्री र बाहिरी दुवै डिजाइन निकै आर्कषक रहेको यस गाडी चांगानको डिजाइन फिलोसोफी सिम्बायोटिक एस्थेटिक्सबाट प्रभावित रहेको कम्पनीको भनाइ छ । आधुनिक कार, प्रविधि र मानव आवश्यकतालाई सन्तुलनमा राखेर डिजाइन गर्नुपर्छ भन्ने मान्यता सिम्बायोटिक एस्थेटिक्स हो । एल–०७ आधुनिक प्रविधिको भरपुर प्रयोग गरिएको सवारी हो । नाडामा अवलोकनकर्ताहरूको भीड छ ।
लुमिन
एमएड्ब्लू वृद्धि अटोकर्पले नेपालमा सार्वजनिक गरेको लुमिन सबैभन्दा सस्तो इभी हो । यसको मूल्य २२ लाख ९९ हजारमात्रै छ । चांगान लुमिनले स्टाइलिस, कम्प्याक्ट र स्मार्ट इलेक्ट्रिक मोबिलिटीको रुपमा यसलाई राखेको छ । यसको आधुनिक र आकर्षक डिजाइन, पाँचवटा बडी कलर र फिचरले युवा तथा पर्यावरणप्रेमी ग्राहकलाई आकर्षित गर्ने कम्पनीको दाबी छ ।
लुमिनमा ३५ किलोवाट मोटर रहेको छ । जसमा रहेको २८.०८ किलोवाट आवरको ब्याट्रीले ३०१ किलोमिटरको रेन्ज (एनईडीसी) दिन्छ । डिसी फास्ट चार्जिंगमार्फत लुमिनले ३० देखि ८० प्रतिशतसम्मको चार्ज मात्र ३५ मिनेटमा पुरा गर्नेछ । यसमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन छ । सानो आकार हुँदा हुँदै पनि लुमिनमा १०४ लिटर देखि ५८९ लिटरसम्मको लगेज स्पेस, हाईली र्याप्ड सिट, लाइट लक्जरी क्याबिन डिजाइनसहितके आकर्षक इन्टेरियर दिइएको छ । सस्तो र आर्कषक भएका कारण अवलोकनकर्ताहरू यसको सोधीखोजीमा लागेका छन् ।
एस ०५ प्लस र म्याक्स
दिपलले साउनको अन्तिममा मात्रै सार्वजनिक गरेको एस ०५ प्लस र म्याक्स गरी दुई भेरियन्टमा उपलब्ध छ । नाडामा प्लस भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । साथै, माथिल्लो भेरियन्ट म्याक्सको बजार मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
दिपल एस०५ ‘मुनलाइट ह्वाइट’, ‘ग्यानिमेड ग्रे’, ‘दिप स्पेस ब्ल्याक’, ‘एन्ड्रोमेडा ब्लु’ र ‘मक्र्युरी सिल्भर‘’ गरी ५ आकर्षक रंगमा उपलब्ध छ । साथै यसको इन्टेरियर ‘ओरेन्ज’ र ‘ब्ल्याक’ गरी दुई ‘लेदेरेटेड कम्बिनेस’ मा उपलब्ध छ । सार्वजनिक भएको केही समयमै चर्चित भएको यस सवारीमा अवलोकनकर्ताको भीड छ ।
एस–०७ एल
गत माघमा एमएडब्लू वृद्धिले नेपाली बजारमा ‘दिपल एस ०७ एल’ सार्वजनिक गरेको थियो । सार्वजनिक भएदेखि नै ग्राहकको ध्यान तानेको यस इभीले नाडामा पनि अवलोकनकर्ता आकर्षित बनाइरहेको छ । एसयूभी दिपल एस ०७ को अपग्रेडेड र थप शक्तिशाली तथा बढी रेन्ज दिने एसयूभी हो । नाडा अफरमा यसको मूल्य ८४ लाख कायम गरिएको छ ।
फ्युचरिस्टिक डिजाइन र आधुनिक प्रविधिका कारण लोकप्रिय दिपल एस ०७ सार्वजनिकपछि लोकप्रिय छ । दिपल एस ०७ एलमा १६० किलोवाटको रियर ह्विलड्राइभ छ भने ७९.९ किलोवाट आवरको ब्याट्री प्याक छ । यसले एक पटकको चार्जमा ४८५ किलोमिटर डब्लूएलटीपी रेन्ज दिने कम्पनीले जनाएको छ ।
एस–०७ आइसीए
दिपल एस ०७ आइसीए नेपाली बजारमा अर्को आर्कषक सवारी हो । नाडा अटो शो २०२५ का लागि ७४ लाख ९९ हजार कायम गरिएको उक्त गाडीमा अवलोकनकर्ताको निकै सोधीखोजी छ । यसमा एलएफपी ब्याट्री केमेस्ट्रिी छ । १० भन्दा बढी इन्डस्ट्री फस्ट फिचरहरू र बेजोड डिजाइनमार्फत आफ्नो सेग्मेन्टको लिडर बनेको कम्पनीको भनाइ छ ।
दिपल एस०७ को नयाँ भेरियन्टले नयाँ मापदण्डको इन्टेलिजेन्ट कनेक्टिभिटीका दिलाएको कम्पनीको दाबी छ । दिपल एस ०७ मा जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, सनफ्लावर टचस्क्रीन, हेडरेस्ट र आउटडोर स्पीकर, २० इन्चको टायर, १२५ लिटरको फ्रंक लगायत फिचर छन् ।
एल–०७ एस
एमएड्ब्लू वृद्धि अटोकर्पले प्रदर्शनीमा राखेको अर्को सवारी एल–०७ एस हो । यसको मूल्य नाडा अफरको लागि ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । चलिरहेको नाडामा एल०७ मा अवलोकनकर्ताको अर्को आकर्षणको सवारी बनेको छ ।