site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दिपल एस०७ आईसीएमा ‘एमएडब्ल्यू – ग्यारेन्टिड बाइब्याक’ योजना घोषणा

काठमाडौं । नाडा अटो सो २०२५ का अवसरमा एमएडब्ल्यू वृद्धिले नेपालकै ‘नेक्स्ट लेभल कनेक्टिभिटी’सहितको ‘बेस्ट लुकिङ’ ईभी दिपल एस०७ आईसीएका निम्ति ‘एमएडब्ल्यू–ग्यारेन्टिड बाइब्याक’ योजना घोषणा गरेको छ । ईभीको स्थानलाई मजबुत बनाउँदै एमएडब्ल्यू वृद्धिले दिपल एस०७ मा यो ऐतिहासिक ग्राहक योजना ल्याएको हो ।

यो योजनाअन्तर्गत दिपल एस०७ खरिद गर्ने ग्राहकले आफ्नो ईभी बेच्न चाहेमा किनेको दोस्रो वर्षदेखि पाँचौँ वर्षसम्ममा एमएडब्ल्यूबाट ‘ग्यारेन्टिड बाइब्याक भ्यालु’ पाउने एमएडब्ल्यू वृद्धिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रूपेश शर्मा भट्टले बताए ।

d1-(1)-1755760179.jpg
यसबाट दिपल एस०७ खरिद गर्ने ग्राहकको ‘कन्फिडेन्स’ बढ्नुका साथै ‘ब्याट्री लाइफ’ र ‘रिसेल भ्यालु’को चिन्ताबाट मुक्त गर्ने अपेक्षा रहेको भट्टले बताए । “दोस्रोदेखि पाँच वर्षसम्ममा दिपल एस०७ छोडेर एमएडब्ल्यू वृद्धिको ‘पोर्टफोलियो’मा भएका कार खरिद गर्न चाहेमा ‘ग्यारेन्टिड रिसेल भ्यालु’ दिइनेछ,” उनले भने । 

यो योजनासँगै ग्राहकले ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ अर्थात् दिपल एस०७ चढ्दा पाँच वर्षसम्म कुनै खर्च नलाग्ने योजनाको उपभोग गर्न पाउनेछन् । यो योजनाअन्तर्गत ग्राहकले पाँच वर्षसम्म निःशुल्क ‘अटोप्लस इन्स्योरेन्स’, निःशुल्क ‘पेरियोडिक मेन्टेनेन्स’, निःशुल्क चार्जिङमा लाग्ने शुल्क र निःशुल्क ‘रोडट्याक्स’लगायत सुविधा पाउनेछन् ।

d1-(3)-1755760199.jpg
आफूहरूको उद्देश्य ग्राहकलाई पूर्ण शान्ति दिनु, ईभी किन्ने आत्मविश्वास बढाउनु र एस०७ आईसीएप्रति विश्वास बढाउनु रहेको भट्टले बताए ।

“लक्जरी, स्टाइल र इनोभेसनले भरिएको ईभीको स्वामित्वलाई सहज बनाउनु हो,” एमएडब्ल्यू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने ।

‘बाइब्याक ग्यारेन्टी’ र ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’जस्ता दुई योजनाले लक्जरी ईभी सेग्मेन्टमा दिपल एस०७ आईसीको नेतृत्वलाई अझ बलियो बनाउने सिकारियाले बताए ।

d1-(4)-1755760220.jpg

d1-(2)-1755760220.jpg

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्