site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
रेकर्ड तोड्दै नाडा अटो शो, तीन दिनमै ७८ हजारले गरे अवलोकन

काठमाडौं । नाडा अटो शो २०२५ ले तीन दिनमै अभूतपूर्व सफलता हासिल गरेको छ । बिहीबारसम्म कुल ७८ हजार ५१३ जनाले अवलोकन गरेको तथ्यांक सार्वजनिक गर्दै आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यसलाई ऐतिहासिक उपलब्धि भनेको छ ।

नाडाका अध्यक्ष करण चौधरीका अनुसार, छोटो अवधिमै आएको यस किसिमको जनसहभागिताले नेपाली समाजमा अटो उद्योगप्रतिको चासो र विश्वास झन् प्रष्ट पारेको छ । उनले यस उपलब्धिलाई अन्त्य नभई नयाँ सुरुआतको रूपमा लिने उल्लेख गरे । नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको केन्द्र बनाउन आत्मविश्वास थप बलियो भएको उनको भनाइ छ । 

यस सफलतामा योगदान दिने प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी र अवलोकनकर्ताप्रति नाडाले आभार व्यक्त गरेको छ । आयोजकले नाडा अटो शो अब केवल प्रदर्शनी मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सवमा परिणत भएको दाबी गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  २०:५१
प्रतिक्रिया दिनुहोस्