अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा शुक्रबार (भदौ ६ गते) सुनचाँदीको मूल्य बढेर कारोबार भइरहेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य तोलाको एक लाख ९५ हजार २०० रुपैयाँ कायम छ । बिहीबार (भदौ ५ गते) सुन प्रतितोला एक लाख ९४ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२ ११:३५
प्रतिक्रिया दिनुहोस्