काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा भदौ ३ (मंगलबार)देखि नाडा अटो शो, २०२५ जारी छ । नाडाका अध्यक्ष करण चौधरीका अनुसार, यसपटकको शोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता छ । तीन दिनमा ७८ हजार ५१३ जनाले शोको अवलोकन गरेका छन् ।
नाडा अटो शोमा ग्राहक आकर्षित गर्न गाडीको मूल्यमा उच्च छुटदेखि बैंकक घुमाउनेसम्मका योजना ल्याइएको छ । विभिन्न कम्पनीले आफ्ना सवारीमा क्रेता आकर्षित गर्न नयाँ नयाँ अफर सार्वजनिक गरिरहेका छन् । उसो त नाडामा एमएडब्लू वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा फ्लाई ट्याक्सी सार्वजनिक गरेसँगै अवलोकनकर्ताको भिड छ ।
सवारीसाधान खरिदबिक्रीका लागि सहज गर्न बैंकहरूले पनि स्टल राखेर सहजरूपमा ऋण प्रदान गर्दा व्यवसायीहरू निकै व्यस्त देखिन्छन् । नाडा अटो शोलाई लक्षित गरी बैंकहरूले अटो लोन सार्वजनिक गरिरहेका छन् । नाडा अटो शोमा सहभागी बैंकहरूले झन्डै आधारदरमै र न्यूनतम ६.२३ देखि ८.१५ प्रतिशत अटो लोन दिने योजना सार्वजनिक गरेका छन् । बैंकहरूले सहजरूपमा ऋण दिन सहज गरेसँगै सवारी नयाँ सवारी किन्नेको भिड नाडामा देखिन्छ ।
आउँदो चाडपर्वमा नयाँ सवारी किन्ने मानसिकता बनाएका अवलोकनकर्ताले नाडामा गएर विभिन्न ब्रान्डबारे चासो लिन थालेका छन् । नाडामा अवलोकनकर्ताले पछिल्लो समय नेपाली बजारमा बलियो उपस्थिति बनाउँदै गएको स्काइवेलप्रति अत्यधिक चासो देखाएका छन् । जी मोटर्स प्रालिले स्काइवेल ब्रान्ड अन्तर्गत इलेक्ट्रिक एसयूभी ‘बीई ११’ र ‘ईटी ५’ प्रदर्शनीमा राखेको छ ।
स्काइवेलका दुवै सवारीप्रति अवलोकनकर्ता अत्यधिक चासो देखिएको छ । सुलभ प्रिमियम अनुभव खोज्नेका लागि स्काइवेल बीई ११ र अधिकतम रेन्ज र विलासी सुविधा चाहनेका लागि फ्ल्यागसिप मोडेल स्काइवेल ईटी ५ रहेको कम्पनीले जनाएको छ ।
नाडा अटो–शो २०२५ सुरुआतमै स्काइवेलले ‘युरोप टुर फर फ्यामिली’ अफर सार्वजनिक गरिसकेको छ । कम्पनीका कार्यकारी निर्देशक पारशमणी गेलालका अनुसार, यो अफर नाडा अटो–शो अवधिभर स्काइवेलको स्टल एच१२ मा भ्रमण गरी कुनै मोडल बुकिङ गर्दा उपलब्ध हुनेछ ।

स्किमअन्तर्गत ग्राहकहरूले स–परिवार युरोप घुम्ने अवसर पाउनेछन् र युरोपमा स्काइवेलको टेस्ट ड्राइभ गर्ने सुविधा पनि प्राप्त हुनेछ । बुकिङ गर्ने हरेक ग्राहकलाई डायमन्ड नेकलेस उपहारको समेत व्यवस्था गरेको छ । साथै, एकजना भाग्यशाली ग्राहकले रोलेक्स घडी जित्ने मौका पाउनेछन् ।
नयाँ सवारी किन्ने ग्राहकलाई एक्सचेन्ज बोनस रकम, ८० प्रतिशतसम्मको न्यून ब्याजदरको लोन सुविधा र एक आर्थिक वर्षको कर छुट पनि प्रदान गरिने गेलाल बताउँछन् । कस्तो छ त स्काइवेलले नाडामा राखेका ‘बीई ११’ र ‘ईटी ५’ ? आउनुहोस् यसको बारेमा केही चर्चा गरौँ ।
स्काइवेल बीई ११ : नेपाली सडकमैत्री विलासी इलेक्ट्रिक एसयूभी
नाडा अटो शो २०२५ मा प्रस्तुत गरिएको स्काइवेल बीई ११ शोको प्रमुख आकर्षणमध्ये एक बनेको छ । लामो रेन्ज, आधुनिक प्रविधि र नेपाली सडकमा सहजै अनुकूल हुने ग्राउन्ड क्लियरेन्सका कारण यो मोडेलले दर्शक र संभावित ग्राहक दुवैलाई आकर्षित गरेको कम्पनीको दाबी छ ।
जी मोटर्सका कार्यकारी निर्देशक गेलालका अनुसार बीई ११ नेपाली बजारमा दुई भिन्न ब्याट्री र रेन्ज भेरिएन्टसहित ल्याइएको छ, जसले ग्राहकलाई बजेट र आवश्यकता अनुसार विकल्प रोज्ने सुविधा दिन्छ ।
स्ट्यान्डर्ड रेन्ज भेरिएन्टमा ५१ किलोवाट–आवरको ब्याट्रीले ४१० किलोमिटरसम्म यात्रा गर्न सक्छ । नेपाली बजारमा यसको मूल्य ७९ लाख ९० हजार कायम छ ।
लामो दुरी यात्रा गर्नुपर्नेका लागि लङ–रेन्ज भेरिएन्टमा ७२ किलोवाट–आवर ब्याट्री प्याकको विकल्प समेत रहेको छ । लङ रेन्ज भेरियन्टले ५२० किलोमिटरसम्मको यात्रा सजिलै गर्न सकिने कम्पनीको दाबी छ । नाडा लक्षित मूल्य ८९ लाख ९० हजार रुपैयाँ राखिएको छ ।
पर्फर्मेन्सको हिसाबले, दुवै भेरियन्टमा १५० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर राखिएको छ, जसले करिब २०१ हर्सपावर बराबरको शक्ति दिन्छ । यसले गाडीलाई द्रुत गतिमा चलाउन र उकालो बाटोमा सहजै उकास्न सक्षम बनाउँछ । साथै, अत्याधुनिक लिथियम–आयन ब्याट्री प्रविधिले उच्च विश्वसनीयता र लामो आयु सुनिश्चित गरेको कम्पनीको भनाइ छ ।
स्काइवेल बीई ११ आकर्षक, आधुनिक देखिन्छ । १९७ एमएमको उच्च ग्राउन्ड क्लियरेन्सका कारण कच्ची सडकमा पनि तल्लो भाग ठोक्किने डर नहुने कम्पनीले जनाएको छ ।
गाडीको भित्री भागमा पनि विलासी अनुभव दिने फिचरहरू छन् । १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ठूलो पानोरामिक सनरुफ, ३६०–डिग्री भ्यु क्यामेरा, वुडन फिनिस र सफ्ट–टच मेटेरियलको प्रयोगले क्याबिनलाई आरामदायी र आधुनिक बनाएको छ । साथै, खुट्टाको हल्का चालबाटै पछाडिको ढोका खोल्न मिल्ने अटोमेटिक सिस्टम छ ।
सुरक्षाको पक्षमा, यसमा एबीएस, ईबीडी, हिल स्टार्ट असिस्ट, अटो होल्ड लगायतका प्रविधिहरू जडान गरिएको छ, जसले गाडीलाई अझ सुरक्षित र भरपर्दो बनाउँछ ।
समग्रमा, स्काइवेल बीई ११ आकर्षक डिजाइन, लचिलो विकल्प, उच्च ग्राउन्ड क्लियरेन्स, शक्तिशाली मोटर र प्रविधिमैत्री इन्टेरियरसहित नेपाली परिवारका लागि उपयुक्त विद्युतीय एसयूभीको रूपमा प्रस्तुत भएको छ ।
स्काइवेल ईटी ५ : लामो यात्रामा चार्जिङको नो टेन्सन
स्काइवेलको ईटी ५ सिंगल चार्जमा ६२० किलोमिटर रेन्ज दिने विद्युतीय सवारी हो । नेपाली बजारमा यसको मूल्य एक करोड १५ लाख कायम गरिएको छ ।

विलासी डिजाइन, लामो रेन्ज र नेपाली सडकका लागि उपयुक्त ग्राउन्ड क्लियरेन्सका कारण नाडामा अवलोकनकर्ताको ध्यान आकर्षित गरेको छ ।
ईटी ५ मा रहेको ८६ किलोवाट–आवर ब्याट्री प्याकले ६२० किलोमिटरको विशाल रेन्ज प्रदान गर्छ । यसले काठमाडौं–पोखरा वा काठमाडौं–चितवन यात्रा सिंगल चार्जमा गर्न सकिने कम्पनीले जनाएको छ ।
ईटी ५मा जडान गरिएको १५० किलोवाट क्षमताको इलेक्ट्रिक मोटरले करिब २०१ हर्सपावर बराबरको पावर र ३२० एनएम टर्क उत्पादन गर्छ ।
डिजाइनको कुरा गर्दा, डायमन्ड–कट एलोय ह्विल, स्लिक बडी लाइन र प्रिमियम बनावटले यसलाई विलासी एसयूभीका रूपमा लिन सकिन्छ । १९७ एमएमको न्यूनतम ग्राउन्ड क्लियरेन्सका कारण नेपाली बाटोमा सहज यात्रा सम्भव बनाउँछ । यसको अगाडिको २३२ एमएम र पछाडिको २४२ एमएम क्लियरेन्स छ ।
सुरक्षाका दृष्टिले यसमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, हिल स्टार्ट असिस्ट र टायर प्रेसर मोनिटरिङ सिस्टमलगायतका सुविधा उपलब्ध छन् ।
विश्व बजारसम्म पुगेको ब्रान्ड
स्काइवेल हालसम्म ६५ भन्दा बढी देशमा बिक्री भइसकेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार जर्मनी, बेलायत, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल र पोल्यान्ड प्रमुख बजार हुन् । नेपालमा पनि स्काइवेलले युरोपियन गुणस्तरको प्रिमियम विद्युतीय सवारी उपलब्ध गराउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।