site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य एक लाख ९९ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँ बढेको छ । आज (भदौ ११ गते) सुन तोलाको एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार (भदौ १० गते) सुन प्रतितोला एक लाख ९८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी प्रतितोला दुई हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्