site stats
बाह्रखरी :: Baahrakhari
कला
फ्राइडे रिलिजमा नाजिरको ‘गुन्यु चोलो’ हलमा

काठमाडौं । चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ आजबाट प्रदर्शनमा आएको छ । ‘गुन्यु चोलो’ फ्राइडे रिलिजअन्तर्गत प्रदर्शनमा आएको हो ।

‘गुन्यु चोलो’को ट्रेलर र गीतमा नाजिर हुसेनको ‘पफर्मेन्स’ले तारिफ बटुलेको थियो । अन्य तीनवटा नेपाली चलचित्र हलमा रहेकाले यो चलचित्रले शो भने धेरै पाएको छैन । 

‘गुन्यु चोलो’लाई समुन्द्र भट्टको निर्देशन गरेकी छन् । यो चलचित्र लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ ।

‘गुन्यु चोलो’मा नाजिर हुसेनको मुख्य भूमिका छ । उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् ।

नाजिरसँगै चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको अभिनय छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  ०९:०९
प्रतिक्रिया दिनुहोस्