site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘धागो’ कात्तिक २८ मा रिलिज हुने

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको चलचित्र ‘धागो’ कात्तिक २८ गते रिलिज हुने भएको छ । यो चलचित्र भारतमा पनि यही मितिमा प्रदर्शन हुनेछ । 

शुक्रबार पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रले परिवार, सिमाना र नटुट्ने सम्बन्धको कथा प्रस्तुत गर्ने संकेत गरेको छ । 

‘धागो’लाई उदीप राणा थापाले निर्देशन गरेका छन् । पोस्टर र रिलिज मिति सार्वजनिक गर्दै उनले ‘धागो’ आफ्ना मान्छेहरूको कथा रहेको बताए । 

“धागो मेरो माटो र मेरो मान्छेहरूको कथा हो । यसमार्फत मैले हाम्रो समाजका थुप्रै धागोहरूलाई जोड्ने प्रयास गरेको छु,” उनले भने । 

चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई केन्द्रमा राखेको उनले बताए । 

चलचित्रमा सुरक्षा पन्तसँगै भारतको वेस्ट बंगाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभी थापा पनि प्रमुख भूमिकामा देखिनेछन् । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्