site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन भएको छ । शुक्रबार सिंहदरबारमा भएको वार्तामा कुनै सहमति हुन नसकेको उखु किसान संघर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिए ।

वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेका थिए । संघर्ष समितिले भने आन्दोलन नरोकिने तर स्वरुप परिवर्तन गर्न सक्ने जवाफ दिएको थियो । 

वार्तामा आफूहरूले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनुपर्ने माग राखेको प्रवक्ता यादवले बताए । कृषि मन्त्रालयको वार्षिक बजेटमा नै दुई अर्ब रुपैयाँ उखु किसानलाई अनुदान दिने भनेर छुट्टाउँदा अर्थ मन्त्रालयले बजेट रोकेको उनले आरोप लगाए ।

प्रवक्ता यादवले शनिबार ११ बजे माइतीघरमा पत्रकार सम्मेलन गरी आन्दोलनको आगामी स्वरुपबारे जानकारी दिने उल्लेख गरे ।

उखु किसानको ७५ करोड निकासा गरिसकेको अवस्थामा दसैँअघि नै अर्को ७५ करोड निकासा गर्नुपर्ने बटमलाइन रहेको उनको भनाइ छ ।  

 

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १८:२९
प्रतिक्रिया दिनुहोस्