site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चिलिमे विद्युत् केन्द्र बन्द

रसुवा । राष्ट्रिय प्रसारणलाइनमा समस्या भएपछि चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् आपूर्ति बन्द भएको छ । रसुवाको कालिका गाउँपालिका–१, ग्राङ आसपास क्षेत्रमा राष्ट्रिय प्रसारणलाइनमा समस्या आएपछि केन्द्रबाट उत्पादन बन्द गर्नुपरेको हो ।

चिलिमे जलविद्युत् केन्द्रका अनुसार, टावर मर्मत गरेर शनिबार (भदौ १४) साँझसम्ममा केन्द्र पुनः सञ्चालन गर्ने लक्ष्य छ ।

टावर मर्मतका निम्ति काठमाडौंबाट रसुवाका निम्ति प्राविधिक प्रस्थान गरिसकेका छन् । रासस

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्