site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने उखु किसानको चेतावनी

काठमाडौं । अघिल्लो आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै आन्दोलनरत किसानले अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

शनिबार (भदौ १४) काठमाडौंको माइतीघरमा पत्रकार सम्मेलन गर्दै उखु किसानले आफ्ना माग सरकारले बेवास्ता गरेको बताए । यही भदौ २५ गतेदेखि अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने उनीहरूले चेतावनी दिएका हुन् ।

सबै जिल्लाका उखु किसानको सक्रिय सहभागितामा सर्लाहीको हरिवनमा भदौ २५ देखि अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने सर्वसम्मत निर्णय गरिएको उखु उत्पादक महासंघ नेपालका प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिए । आफूहरूको आन्दोलनबाट हुन सक्ने क्षतिको जिम्मा सरकारले लिनुपर्ने उनले बताए ।

उपलब्ध गराउन बाँकी अनुदान रकम विनासर्त भुक्तानी, उखुको मूल्य तोक्दा किसान प्रतिनिधिको सहभागिता निश्चित गर्नुपर्नेलगायत उनीहरूका माग छन् । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्