site stats
बाह्रखरी :: Baahrakhari
कला
लुना लुइँटेल नयाँ मिस नेपाल

काठमाडौं । मिस नेपाल वर्ल्ड २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छन् । शनिबार (भदौ १४) ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित फाइनलमा २६ प्रतिस्पर्धीमध्येबाट उनी विजेता बनेकी हुन् ।

प्रतियोगितामा उरुषा भण्डारी दोस्रो र सोनी घले तेस्रो भए । अर्थात्, मिस नेपाल इन्टरनेसनल २०२५ को उपाधि भण्डारीले जितिन् । मिस नेपाल अर्थको उपाधि घलेले चुमिन् । मिस कोस्मो २०२५ को उपाधि दीपशिखा नेपालले जितेकी आयोजक संस्था द हिडन ट्रेजरले जनाएको छ ।

dafsgm-1756564765.jpg


मिस नेपाल वर्ल्ड २०२५ को ताज पहिरिँदै लुना लुइँटेल । तस्बिर : द हिडन ट्रेजरको फेसबुकबाट ।

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  २०:२३
प्रतिक्रिया दिनुहोस्