site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘हर्ष’का दुई पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘हर्ष’को दुईवटा पोस्टर सार्वजनिक भएको छ । सोमबार बिहान सिनेमाका दुई पोस्टर सार्वजनिक गरिएको हो । एकता पौडेलको निर्देशन रहेको चलचित्र मंसिर १२ गते रिलिज हुनेछ ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ । सार्वजनिक दुई पोस्टरमध्ये एकमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री वर्षा राउत तथा शर्मिला मल्ललाई प्रस्तुत गरिएको छ । सन्तोष पन्तलाई केही असन्तुष्ट देख्न सकिन्छ । खगेन्द्र र वर्षालाई छोरासँग रमाइरहेको देखिन्छ ।

दोस्रो पोस्टरमा खगेन्द्र र वर्षालाई प्राथमिकता दिँदै चलचित्रका अधिकांश कलाकारलाई समेटिएको छ । 

चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, नीमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सूवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित तथा बाल कलाकार साइमन वादीको अभिनय छ ।

चलचित्रको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । निर्माता प्रशन्न पौडेल र विकास पौडेल तथा कार्यकारी निर्मातामा हिक्मत चोखल छन् ।

harsha-1756704217.JPG
 

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  ११:०५
प्रतिक्रिया दिनुहोस्