काठमाडौं । मोबाइल ब्रान्ड सामसङले दसैँलक्षित ‘दिनदिनै दसैँ’ अफर ल्याएको छ । अफरमा ०८२ भदौ १५ देखि असोज ११ सम्म सामसङ स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने ग्राहकले दैनिक आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।
अफरमा सहभागी हुनका लागि नयाँ सामसङ स्मार्टफोन वा ट्याब्लेटको सिरियल नम्बर टाइप गरी सामसङ
प्रत्येकदिन एक भाग्यशाली ग्राहकले भाटभटेनी किनमेल भौचर एक लाख जित्नेछन् । अन्य १० जना विजेताले १० हजारको किनमेल भौचर प्राप्त गर्नेछन् ।
एमएक्स सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “दिनदिनै दसैँमार्फत सामसङले आफ्ना ग्राहकलाई चाडपर्वको अवसरमा अमूल्य अनुभव दिने परम्परा निरन्तरता दिएको छ । यसले दसैँको महत्त्वलाई अझ विशेष बनाउनेछ र सामसङ प्रयोगकर्ताको जीवनलाई समृद्ध बनाउन सहयोग पुर्याउनेछ ।”
ग्राहकले *#06# डायल गरेर सजिलै आफ्नो सिरियल नम्बर पत्ता लगाउन सक्छन् । सन्देश पठाएपछि तुरुन्तै दर्ता भएको सूचना प्राप्त हुनेछ । विजेताको घोषणा फेसबुक पृष्ठ स्मार्ट प्लाजा नेपाल र फेसबुक पृष्ठ आईएमएस नेपालमार्फत गरिनेछ ।
अफर नेपालभरका सामसङका आधिकारिक विक्रेता तथा ईकमर्स प्लेटफर्ममार्फत उपलब्ध छ । सामसङले हरेक चाडपर्वलाई ग्राहकसँग जोड्ने उद्देश्यसहित आफ्नो परम्परालाई निरन्तरता दिँदै आएको जनाएको छ ।