काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी मोबाइलले भारतको नेक्स्टक्वान्टम सिफ्ट टेक्नोलोजीसँगको सहकार्यमा एआई प्लस स्मार्टफोन ब्रान्ड नेपालमा ल्याउने भएको छ ।
भारतमा हालै लन्च गरिएको यो ब्रान्डलाई पूर्वरियलमी इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा हाल नेक्स्टक्वान्टम सिफ्ट टेक्नोलोजीसका संस्थापक एवं प्रमुख कार्यकारी माधव शेटले नेतृत्व गरिरहेका छन् । एआई प्लस स्मार्टफोनमा चल्ने नेक्स्टक्वान्टम ओएसलाई भारतको पहिलो सार्वभौम मोबाइल सञ्चालन प्रणाली मानिन्छ ।
यो सहकार्यबाट नेपाली उपभोक्ताले सुलभ मूल्यमा उच्च प्रदर्शन गर्ने, आकर्षक डिजाइनयुक्त र विशेष रूपमा डाटा सुरक्षित राख्ने स्मार्टफोनको अनुभव पाउने बताइएको छ ।
“हामी नेक्स्टक्वान्टम सिफ्ट टेक्नोलोजीसँगको सहकार्यबाट नेपालमा एआई प्लस स्मार्टफोन ल्याउन पाउँदा अत्यन्त उत्साहित छौँ । यो ब्रान्डले नवीनता, विश्वास र प्रयोगकर्ताको सशक्तिकरणलाई प्राथमिकता दिन्छ । नेपाली उपभोक्ताले अब विश्वस्तरीय सुरक्षा र उत्कृष्ट प्रदर्शन गर्ने स्मार्टफोन रोज्न सक्नेछन्,” चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने ।
एआई प्लस पल्समा ६.७ इन्च एचडी प्लस डिस्प्ले, ९० हर्ज रिफ्रेस रेट, टी ६१५ चिपसेट, विस्तारयोग्य मेमोरी १ टेराबाइटसम्म, ५० मेगापिक्सेल डुअल एआई क्यामेरा र पाँच हजार एमएएच ब्याट्री रहेको छ । साइड फिंगरप्रिन्ट सेन्सरमा रहेको यो मोबाइल सेट निलो, कालो, हरियो, बैजनी र गुलाबी रङमा उपलब्ध हुनेछ ।
यस्तै, एआई प्लस नोभा फाइभजी, ६.७ इन्च एचडी प्लस डिस्प्ले १२० हर्ज रिफ्रेस रेट, टी८२०० चिपसेट, विस्तारयोग्य मेमोरी १ टेराबाइटसम्म, ५० मेगापिक्सेल डुअल एआई क्यामेरा र पाँच हजार एमएएच ब्याट्री क्षमता रहेको छ ।
साइड फिंगरप्रिन्ट सेन्सरमा रहेको यो सेट निलो, कालो, हरियो, बैजनी र गुलाबी रङमा पाइनेछ ।
यी दुवै स्मार्टफोनमा नेक्स्टक्वान्टम ओएस प्रयोग गरिएको छ । यसले प्रयोगकर्ताको व्यक्तिगत डाटा सुरक्षित बनाउने पनि बताइएको छ ।
उपभोक्ता स्टाइल, लुक्स र डाटा सुरक्षाको संयोजन भएको स्मार्टफोन खोजिरहेका छन् । एआई प्लस स्मार्टफोनले किफायती मूल्यमै उच्चस्तरीय गोपनीयता, सुरक्षा र स्मार्ट सुविधा उपलब्ध गराउनेछ । यसले विशेष गरी युवापुस्ता, व्यावसायिक वर्ग र परिवारलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
एआई प्लस स्मार्टफोनका प्रमुख कार्यकारी तथा नेक्स्टक्वान्टम सिफ्ट टेक्नोलोजीसका संस्थापक माधव शेटले भने, “एआई प्लस केवल स्मार्टफोन मात्र होइन, यो प्रयोगकर्तालाई आफ्नै डिजिटल जीवनमाथि नियन्त्रण दिने माध्यम हो । सीजी मोबाइलसँगको सहकार्यमार्फत नेपालमा यो मोबाइल लन्च गर्न पाउँदा हामी उत्साहित छौँ ।”
एआई प्लस स्मार्टफोन शृंखला चाँडै नै नेपालभरका सीजी मोबाइलको खुद्रा बिक्री नेटवर्क तथा अग्रणी अनलाइन बजारमार्फत उपलब्ध हुने जनाइएको छ ।