site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
खाद्यका पसल बिहान ७ देखि राति ८ बजेसम्म खुला
फाइल तस्बिर ।

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गर्दै आएका वाग्मती प्रादेशिक कार्यालय र रामशाहपथस्थित पसलहरू दुई ‘सिफ्ट’मा खुला गरिएको छ ।

यी पसल यसअघि कार्यालय समय अर्थात् बिहान १० देखि बेलुका ६ बजेसम्म मात्र खुला गरिँदै आएको थियो । पसल अब दैनिक १३ घण्टा खुला गरिएको हो ।

खाद्यका सबै पसलमा दुई सिफ्ट लागु गरिएको होइन । बढी चहलपहल हुने रामशाहपथ र थापाथलीमा मात्र दुई सिफट्मा पसल खुला गरिएको कम्पनीले जनाएको छ ।

खाद्यको छैटौँ वार्षिकोत्सव (साउन २८)देखि नै दुई सिफ्ट लागु गरिएको कम्पनीका वाग्मती प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन् ।

उनका अनुसार, उपभोक्ताको समयानुकूल हुने गरी बढीभन्दा बढी सेवा प्रदान गर्ने उद्देश्यका साथ बिहान ७ देखि दिउँसो १ बजेसम्म एउटा सिफ्टमा पसल खोलिएको छ । अर्को सिफ्ट अर्थात् दिउँसो १ देखि बेलुका ८ बजेसम्म थापाथली र रामशाहपथको काउन्टर खुला रहनेछ ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १५:१३
प्रतिक्रिया दिनुहोस्