site stats
बाह्रखरी :: Baahrakhari
कला
लक्ष्मीले किन भनिन्, म भाग्यमानी अभिनेत्री ?

काठमाडौं । अभिनेत्री लक्ष्मी बर्देवाले सामान्यतया नेपाली चलचित्र उद्योगमा आमा भएपछि महिला कलाकारलाई पुरानै लयमा फर्किन कठिन हुने गरेको बताएकी छन् । काम पाए पनि आमाको भूमिकामा ‘टाइपकास्ट’ हुने गरेको उनी बताउँछिन् । 

तर, आफ्नो हकमा भने त्यो लागु नभएको उनी बताउँछिन् । यसअर्थमा उनी आफूलाई भाग्यमानी मानिन्छन् । बच्चा जन्मिएको नौ महिनापछि नै आफू काम (अभिनय)मा फर्किएको उनी बताउँछिन् । 

सुरुसुरुमा मुख्य भूमिकामै काम गरे पनि लगातार म्युजिक भिडियोमा काम गरेपछि चलचित्रबाट अफर आउन छोडेको उनले स्मरण गरिन् । “बच्चा जन्मिएपछि अब चार/पाँच वर्ष काम आउँदैन भन्ने थियो,” लक्ष्मी भन्छिन्, “त्यसैले अब चलचित्रमा एउटा रोल मात्रै पाए पनि म काम गर्छु भन्ने मनस्थितिमा थिएँ ।” 

तर, चलचित्र ‘अभिमन्यु’को मुख्य भूमिका रहेका अभिनेताको ‘को–एक्टर’का रूपमा जब उनलाई अफर आयो, लक्ष्मी छक्क परिन् । उनले मुख्य पात्रका लागि अपेक्षा नगरेको भूमिका पाइन् । 

उनले यसअघि चारवटा चलचित्रमा मुख्य भूमिकामा काम गरे पनि ती सिनेमा रिलिज नभएको उनले बताइन् । उनले आफूले मुख्य भूमिका रहेको पाँचौँ चलचित्र सबैभन्दा पहिला प्रदर्शनमा आउन लागेको उनले बताइन् ।  

लक्ष्मी यो चलचित्रमा मधेसी महिलाको भूमिकामा छिन् । मधेसी महिलाको लवजमा काम गर्न केही कठिन भए पनि मिहिनेत गरेर काम गरेको उनले बताइन् । कामेश्वर जो मधेसी समुदायबाटै प्रतिनिधित्व गर्ने कलाकार आफ्नो ‘अपोजिट’मा रहेकाले पनि उनले धेरै सहयोग गरेको उनले सुनाइन् । 
 
भदौ २७ गते प्रदर्शनमा हुने ‘अभिमन्यु’मा लक्ष्मीसँगै कामेश्वर चौरासियासँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् ।

मुकेश खनालको लेखन रहेको चलचित्रको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् । ‘अभिमन्यु’मा शरद महतोको डीओपी छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १४:३६
प्रतिक्रिया दिनुहोस्