site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘जूबा’मा सौगात, को हुन् अरु कलाकार ?

काठमाडौं । चलचित्र ‘जुबा’ निर्माणको घोषणा गरिएको छ । चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल छन् ।

प्रकाश कर्णको लेखन तथा निर्देशन रहने चलचित्रको स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल हुन् । 

चलचित्रमा नायिकाको रूपमा सोफी धरेलले डेब्यु गर्ने भएकी छन् । सौगात र सोफीसँगै मुख्य भूमिकामा रहेका अर्का कलाकार सुधन पोखरेल छन् । 

चलचित्र घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरिएको छ । एउटा पोस्टरमा सौगात मल्ल मात्रै छन् । 

अर्को पोस्टरमा उनी पीसीओमा उभिएर फोनमा कुरा गरिरहेका छन् । सौगात  र सोफीको गेटअपले यो चलचित्रले दुई दशकअगाडिको कथा भन्ने प्रष्ट भएको छ । 

अर्को पोस्टरमा सुधन छन्, जसको लुक्सले उनी खलपात्रमा छन् भन्ने प्रष्ट पारेको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्