site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रभु बैंकलाई ‘नेपाल्स बेस्ट डिजिटल बैंक फर एसएमईएस’ अवार्ड

काठमाडौं । प्रभु बैंकलाई अन्तर्राष्ट्रिय ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२५’ अन्तर्गत ‘नेपाल्स बेस्ट डिजिटल बैंक फर एसएमईएस’ अवार्ड प्राप्त भएको छ । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोमनी लिमिटेडद्वारा सिंगापुरमा आयोजना भएको एक कार्यक्रमका बीच उक्त सम्मान प्रदान गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित बैंकका अन्य थप तीन महिला अधिकृतहरूले संयुक्त रूपमा सम्मान ग्रहण गरेका थिए ।

प्रभु बैंक यसअघि पनि 'बैंक अफ दी इयर २०२३' बाट सम्मानित भइसकेको छ ।

युरोमनी एक्सिलेन्स अवार्डअन्तर्गत प्राप्त यस उपाधिले साना तथा मझौला उद्यम (एसएमईएस) लक्षित डिजिटल सेवा प्रवाहमा प्रभु बैंकले खेलेको अग्रणी भूमिकालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको बैंकले जानकारी दिएको छ ।

प्रभु बैंकले नवीन प्रविधिको प्रयोग गर्दै ग्राहक केन्द्रित डिजिटल समाधानहरू उपलब्ध गराई देशभरका लघु तथा मझौला व्यवसायहरूलाई सरल, सुरक्षित र छरितो बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रभु बैंकले देशभर रहेका आफ्ना ३१२ शाखा कार्यालय, ४८ एक्स्टेन्सन काउन्टर र २५६ एटीएममार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १८:४०
प्रतिक्रिया दिनुहोस्