site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सेजन अध्यक्षमा भट्टराई

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ साधारणसभाबाट भागवत भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार (भदौ २१) सम्पन्न निर्वाचनबाट भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको हो ।

भट्टराईले ११० मत पाए । उनका प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ र आशा थपलियाले ४१ मत प्राप्त गरिन् । उनी सेतोपाटी डटकममा आबद्ध छन् ।

बाह्रखरी डटकमकर्मी कमल धिताल १८५ मतसहित कार्यसमिति सदस्यमा निर्वाचित भए ।

उपाध्यक्षमा जीवनकुमार बस्नेत निर्विरोध निर्वाचित भए । महासचिवमा कमल बस्नेत १३९ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी अच्युत पुरीले १०४ मत पाए । सचिवमा शंकर पण्डित निर्विरोध निर्वाचित भए ।

कोषाध्यक्षमा केशु लामिछानेले १३३ मतसहित जित हासिल गरिन् । उनकी प्रतिद्वन्द्वी ममता थापाले १०८ मत पाइन् ।

सदस्यतर्फ धितालबाहेक सीमा तामाङ (२०० मत), राजु बास्कोटा (१५९), भोजराज भण्डारी (१४७) र अर्जुन तामाङ (१४०) विजयी भए । भरतबहादुर रावल (१३१) पराजित भए ।

निर्वाचनमा २४६ मत खसेको थियो । एक मत बदर भएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  २२:१६
प्रतिक्रिया दिनुहोस्