अर्थ व्यवसाय
काठमाडौं । एभरेस्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङले निरन्तरता पाएका छन् ।
सीईओ खालिङको चारवर्षे कार्यकाल आउँदो असोज ७ गतेदेखि सकिँदै छ । असोज ८ गतेदेखि लागु हुने गरी पुनः चार वर्षका निम्ति उनलाई नियुक्त गरिएको हो ।
आइतबार (भदौ २२) बसेको सञ्चालक समितिको बैठकबाट आउँदो कार्यकालका निम्ति उनलाई निरन्तरता दिने निर्णय गरिएको बैंकले जनाएको छ ।
एउटा बैंकमा एक सीईओले आठ वर्षसम्म नेतृत्व लिन पाउने व्यवस्था छ ।
प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२ १३:४९
प्रतिक्रिया दिनुहोस्