काठमाडौं । सीजी इलेक्ट्रोनिक्स्ले ‘ग्रेटनेस इन इभ्री मन्थ, इन्सपायर इभ्री सेलिब्रेसन’ नामक दसैँतिहार अभियानको सुरु गरेको छ । यो विशेष योजनामार्फत टीसीएलले चाडपर्वका अवसरमा ग्राहकलाई खुसी दिने लक्ष्य राखेको छ ।
अभियानअन्तर्गत ग्राहकले आकर्षक नगद छुटका साथै पक्का उपहार पनि प्राप्त गर्न सक्ने जनाइएको छ ।
यो योजनाअन्तर्गत टीसीएल साइट बाइ साइट रिफ्रिग्रेटरको खरिदमा निःशुल्क वाटर डिसपेन्सर, टीसीएलको कुनै पनि वासिङ मेसिनको खरिदमा ६ केजी एरियल डिटेरजेन, टीसीएलको एयर कन्डिसनरको खरिदमा निःशुल्क जडान सुविधा छ । यसका साथै ४३ इन्च वा सोभन्दा ठूलो टीसीएल टीभीको खरिदमा नौ महिनाको नेट टीभीको निःशुल्क सदस्यता पाइने जनाइएको छ ।
यो अभियान यही भदौ १९ गतेदेखि सीमित अवधिका निम्ति नेपालभरिका सम्पूर्ण आधिकारिक शो रूम र विक्रेतामा लागु हुने कम्पनीले जनाएको छ ।
टीसीएलले स्मार्ट टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनरलगायत अत्याधुनिक उत्पादन गर्दै आएको छ । नेपालका निम्ति टीसीएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स हो ।